सुन तोलामा ९०० रुपैयाँले घट्दा चाँदी भने महँगियो, आज कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं,फागुन ५ । नेपाली बजारमा लगातार दाेस्राे दिन पनि सुनकाे मूल्य घटेकाे छ। आज सुनकाे मूल्य प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे ।
यसअघि आइतबार तोलामा २३ सय रूपैयाँले बढेकाे सुनकाे भाउ साेमबार ताेलामा ३ हजार रुपैयाँले घटेको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रूपैयाँ कायम भएको छ। हिजाे छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
यस्तै मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

