नेप्से २०.५ अंकले घट्यो, ८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ,फागुन ५– सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो।
आज ३५४ स्क्रिप्सका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा सहभागीमध्ये ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१४ वटाको घटेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। रिडी पावर कम्पनी लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सेयर सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

