पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने मानिस पक्राउ



काठमाडौं,फागुन ५ । पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो भाइरल भएसँगै उक्त दुर्व्यवहारमा संलग्न गर्ने मानिस पक्राउ परेका छन् ।

काठमाडौँको नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३ च ११०३ नं. को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियोसामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उक्त भिडियो भाइरल भएसँगै दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग गर्दै सामाजिक संजालबाट दवाव दिइएको थियो ।

दवाव बढेसँगै जिप चालक जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयबाट दाखिला हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको ।

प्रतिक्रिया दिनुहोस्