बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी



काभ्रे,फागुन ६ – बनेपास्थित अरनिको राजमार्गअन्तर्गत चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालकको ज्यान गएको हो भने अर्का एक जना घाइते भएका छन्।

बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने दुर्घटना र आगजनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्