सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगिसक्यो: निर्वाचन आयोग
काठमाडौं,फागुन ६ । प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगेको छ ।
निर्वाचन सामाग्री आज सबै जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।
सुगम र दुर्गम सबै जिल्लामा मतपत्र, नमूना मतपत्र, मतपेटिका , लाहछाप लगायतका सम्पूर्ण सामाग्री पुगिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालयले आफैँ खरिद गर्नुपर्ने ३७ प्रकारका सामग्रीको व्यवस्थासमेत भैसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
ढुक्कसँग मतदानको तयारीमा रहन आयोगले मतदाताहरुलाई आग्रह पनि गरेको छ ।

