एमालेको झण्डा जलाइएको घटनामा थप दुई पक्राउ



दाङ,फागुन ९ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी २४ वर्षीय विक्रम परियार रहेका छन्।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका थिए। हालसम्म तीन जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा फागुन ७ गते बिहीबार साँझ तुलसीपुरको बीपी चोकमा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाइएको तथा नारावाजी गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्