प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिता सम्पन्न



नुवाकोट,फागुन १० । शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित शिवालय आधारभूत विद्यालय मा सम्पन्न प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

प्रतियोगिता शिवपुरी डोजो को आयोजनामा सम्पन्न भएको हो।प्रतियोगितामा नुवाकोट, रसुवा र काठमाडौं जिल्लाका २१ वटा विद्यालय तथा डोजोबाट कुल २८९ जना खेलाडीहरूको सहभागिता रहेको थियो। खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

टिमतर्फ गङगबु डोजो (Gongabu Dojo) ६ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित प्रथम स्थानमा रह्यो। च्याम्पियन मार्सल आर्ट(Champion Martial Art Academy) ले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जित्दै द्वितीय स्थान हासिल गर्‍यो। त्यस्तै नव शान्ति डोजो (Nawa Shanti Dojo) ४ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित तृतीय स्थानमा सीमित भयो।

व्यक्तिगततर्फ ओसप्रिना तामाङ (Samari Dojo) सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन् भने अजय स्याङतान तामाङ (Tokha Dojo) सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भए। गोजुकाई डोजो(Gojukai Dojo) अनुशासित टिम, गोसाइँकुण्ड डोजो(Gosaikunda Dojo) लोकप्रिय टिम तथा म्यागाङ डोजो (Myagang Dojo) उदीयमान टिम घोषित भएका छन्।

प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र खेल भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। स्थानीय स्तरमा कराते खेलको विकास र प्रवर्द्धनमा यस प्रतियोगिताले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्