नुवाकोटमा विभिन्न दलका नेता एमालेमा प्रवेश



नुवाकोट,फागुन १०। नेपाल विद्यार्थी संघ नुवाकोटका पूर्व अध्यक्ष तथा हाल नेपाली कांग्रेस सूर्यगढी गाउँपालिका का सह–सचिव राजु अधिकारी, नेपाली कांग्रेस सूर्यगढी–३ का नेता लवराज अधिकारी तथा पञ्चकन्या गाउँपालिका का नेपाल कम्युनिस्ट पार्टी का नेता बाबुलाल मिजार नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ।

उहाँहरूलाई आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले टीका तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै राजु अधिकारीले आफू पार्टीमा रहेसम्म इमानदारीपूर्वक र कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले बद्री मैनालीलाई विजयी गराउन आजैबाट सक्रिय रूपमा लाग्ने घोषणा गर्नुभयो।

स्वागत मन्तव्यका क्रममा बद्री मैनालीले विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूको आगमनले पार्टी संगठन अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास र समृद्धिको अभियानलाई तीव्र बनाउँदै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।

नवप्रवेशी नेताहरूको प्रवेशसँगै स्थानीय तहमा एमालेको संगठनात्मक अवस्था थप मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्