नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार पाँच अर्बभन्दा बढी



काठमाडौँ ,फागुन ११– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक २.४१ अङ्कले बढेर दुई हजार ६१६.९७ को बिन्दुमा कायम भएको हो।

सोमबार ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत उपसूचकमध्ये बैंकिङ ०.२८ प्रतिशत, विकास बैंक ०.९० प्रतिशत, वित्त ०.५६ प्रतिशत, लगानी ०.३७ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ।

यता होटल तथा पर्यटन ०.३५ प्रतिशत, जलविद्युत् ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत, लघुवित्त ०.०७ प्रतिशत, म्युचुअल फन्ड ०.४१ प्रतिशत, निर्जीवन बीमा ०.२२ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले घटेको छ। अन्य समूहको उपसूचकमा पनि गिरावट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्