सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि
काठमाडौँ,फागुन १२ – स्थानीय बजारमा सुनको मूल्य सोमबारको तुलनामा १ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार यही सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार एक तोला चाँदीको भाउ ५ हजार ५९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ आज एक औँस सुन ५ हजार ७८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, एक औँस चाँदीको मूल्य ९० अमेरिकी डलर कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ।

