उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १५ गते नुवाकोटमा, बृहत् आमसभालाई सम्बोधन गर्ने



नुवाकोट,फागुन १३ – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १५ गते नुवाकोट आउने भएका छन्। उहाँले विदुर नगरपालिका–९ स्थित कोलनी चौरमा आयोजना हुने बृहत् चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

शुक्रबार दिउँसो २:०० बजे सुरु हुने सभामा अध्यक्ष घिसिङले मतदाता, शुभेच्छुक तथा आम नागरिकलाई सम्बोधन गर्दै पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे धारणा राख्ने जनाइएको छ।

पार्टीले नुवाकोटवासी दाजुभाइ, दिदीबहिनी तथा आमाबुवा सबैलाई आमसभामा उपस्थित भई कार्यक्रम सफल पार्न आग्रह गरेको छ। साथै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो अमूल्य मतमार्फत सशक्त भविष्य निर्माणमा साथ दिन सबैमा अपिल गरिएको छ। नुवाकोट २ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्र प्रकाश घले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्