आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो
काठमाडौं,फागुन १३। आज सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

