छहरे–टोखा सडकखण्डमा कार दुर्घटना, दुई जना घाइते
नुवाकोट,फागुन १३ – छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ बोहोरे खोला नजिकैको घुम्तीमा कार दुर्घटना भएको छ। कार झन्डै १०० मिटर तल सडकमा खसेको हो।
नुवाकोटबाट काठमाडौं जाँदै गरेको बा ए ए ४०३८ नम्बरको कार बुधबार दिउँसो करिब २:४५ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासीले उद्धार गरेका छन् भने थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

