निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सामग्रीमाथि आयोगको निगरानी कडा



काठमाडौं,फागुन १३– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको जनाएको छ। आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवर्द्धन एकाइले हानिकारक सूचनाको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरिरहेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएका छन्। प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन सम्बन्धित निकायहरूलाई पत्राचार गरिएको र केही सामग्री हटाइसकिएको उनले बताए। नेपाल प्रहरीको साइबर ब्यूरोलाई ३ सय ३६ वटा सामग्री हटाउन अनुरोध गरिएकोमा १ सय २९ वटा सामग्री हटाइएको छ। साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १२ वटा वेबसाइट ब्लक गरिएको जनाइएको छ।

वेबसाइट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने वेबसाइटहरू ब्लक गर्न अनुरोध गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्