नुवाकोटको शिवपुरी–५ मा १७ जना एमाले प्रवेश



नुवाकोट,फागुन १३ – नुवाकोट क्षेत्र नं. १ अन्तर्गत शिवपुरी गाउँपालिका–५ का खनियाखर्क र कल्लेरीबाट विभिन्न राजनीतिक दल परित्याग गरी १७ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन्।नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेताहरूले स्वागत गरेका थिए।

एमालेमा प्रवेश गर्नेहरूमा घनवः लामा, हिमाल लामा, उमेश लामा, रमेश लामा, गणेश राना मगर, विनोद तामाङ, दिनेश राना मगर, गोकर्ण राना मगर, कौसल राना मगर, रेशम राना मगर, चन्द्रबहादुर राना मगर, अर्जुन राना मगर, रामबहादुर थापा मगर, दुर्गा न्यौपाने, कान्छी राना मगर, इन्दिरा राना मगर र चन्चला राना मगर रहेका छन्।

कार्यक्रममा स्थानीय नेताहरूले पार्टी संगठन सुदृढीकरण र विकासका एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। नवप्रवेशीहरूले देशको समृद्धि, स्थायित्व र सुशासनका लागि एमालेको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आबद्ध भएको बताएका छन्।

स्थानीय कार्यकर्ताका अनुसार खनियाखर्क र कल्लेरी क्षेत्रमा एमालेप्रति आकर्षण बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्