निर्वाचनमा नेकपा पहिलो हुने प्रचण्डको दाबी



काठमाडौं,फागुन १३ – पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित वाम बुद्धिजीवीसँगको छलफलमा ६५ देखि ७० सिटसम्म प्रत्यक्षतर्फ निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो।

निर्वाचनको मितिसम्म थप मेहनत गरे नतिजा अझ राम्रो आउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले पार्टीका चुनावी कार्यक्रम प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन आवश्यक रहेको बताउनुभयो। जनमत सिर्जना गर्न बुद्धिजीवीहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिँदै प्रतिबद्धतापत्र हरेक वडासम्म पुर्‍याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

“अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्