नुवाकोट तरुण दलका जिल्ला उपाध्यक्षसहित पाँच जना एमाले प्रवेश
नुवाकोट,फागुन १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नुवाकोटका जिल्ला उपाध्यक्ष सन्तोष गुरुङसहित पाँच जना नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
शिवपुरी गाउँपालिकाका सन्तोष गुरुङसँगै रमेश गुरुङ, रुपेश तामाङ, विवेक गुरुङ र साजन गुरुङले एमाले रोजेको जनाइएको छ ।नवप्रवेशीहरूले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भएको बताएका छन्। साथै युवा उम्मेदवार बद्री मैनालीको स्पष्ट विकास भिजन र मिलनसार कार्यशैलीबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उनीहरूको भनाइ छ।
एमाले उम्मेदवार मैनालीले नवप्रवेशीहरूलाई खादा तथा अबिर लगाएर औपचारिक स्वागत गर्दै युवाहरूको सक्रिय सहभागिताले विकास र समृद्धिको मार्ग अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहमा युवाहरूको बढ्दो सक्रियताले वर्तमान राजनीतिक परिवेशमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।

