नुवाकोट सुमो दुर्घटना : घाइतेको स्वास्थ्य अवस्थाबारे नेतृ राधिका तामाङद्वारा जानकारी
काठमाडौं,फागुन १४– नुवाकोटमा भएको सुमो गाडी दुर्घटनामा घाइतेहरुलाई बागमती प्रदेश सभा सदस्य राधिका तामाङले भेट्नु भएको छ ।
घटनापछि उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको घाइतेहरुलाई पूर्वमन्त्री एवं बाग्मती प्रदेशसभा सदस्य तामाङले अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। उहाँले घाइतेका आफन्तसँग भेटघाट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ।
बुधबार दुप्चेश्वर गाउँपालिका–३ राउतबेसीबाट काठमाडौं जाँदै गरेको टाटा सुमो गाडी लिखु गाउँपालिका–६ वडा कार्यालय अगाडि दुर्घटनामा परेको थियोे । दुर्घटनामा घाइते भएका चलाकसहितका ६ जना यात्रुको उपचार भैरहेको छ ।
उपचाररत घाइतेहरूमा दुप्चेश्वर–३ निवासी मेमेन्दो तामाङ, श्रीमान तामाङ र मर्सानि तामाङ, दुप्चेश्वर–४ निवासी राल्वा तामाङ, तादी–४ निवासी गौरी माया सुनार तथा दुप्चेश्वर–२ निवासी चालक पासाङ तामाङ रहेका छन्।

