नुवाकोटको शिवपुरीमा सुमो गाडी दुर्घटना, एक गम्भीरसहित ७ जना घाइते
नुवाकोट ,फागुन १४– नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे भन्ने स्थानमा बिहीबार सवारी दुर्घटना भएको छ।
दुप्चेश्वर गाउँपालिका–४ जिम्नाङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–००१ ज ७७७ नम्बरको गाडी दुर्घटनामा परेको हो।
स्थानीयका अनुसार गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने दुई पुरुष,१ बालकसहित ७ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको शिवपुरी आधारभूत स्वास्थ्य संस्थातर्फ पठाइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी सेरा प्रहरी चौकीले जनाएको छ।

