मैले रास्वपा छोडेको छैन : सुमन विक्रम पाण्डे



नुवाकोट, फागुन १४ – नुवाकोटका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमन विक्रम पाण्डेले आफूले पार्टी नछोडेको स्पष्ट पार्नुभएको छ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले पार्टी परित्याग गरेको भन्ने चर्चा चलेपछि पाण्डेले उक्त समाचारको खण्डन गर्दै त्यस्ता हल्ला निराधार भएको बताउनुभयो। केही व्यक्तिले ‘मिडिया ट्रायल’मार्फत भ्रम फैलाएको उहाँको आरोप छ।

पार्टीप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको उल्लेख गर्दै उहाँले आफन्तको विवाह समारोहसमेत छोडेर पार्टी सभापति रवि लामिछानेलाई स्वागत गर्न विदुरमा पर्खिरहेको बताए ।

साथै, पाण्डेले गएको एक वर्षदेखि आफूले कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको स्पष्ट पार्दै आफ्नो नाम जोडेर प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको बताउनुभयो। भ्रमपूर्ण समाचारमा विश्वास नगर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ।

नुवाकोटको बिदुरमा बिहीबार साँझ पार्टी सभापति लामिछानेले चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्