समय अभाव र स्वास्थ्य कारणले नुवाकोट १ र रसुवाका कार्यक्रम स्थगित- रास्वपा
नुवाकोट,फागुन १५– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको व्यस्त कार्यतालिका र समय अभावका कारण बिहीबारका लागि तय गरिएको रसुवाको जनसमर्थन तथा ‘घण्टी अभिवादन’ कार्यक्रम स्थगित भएको छ। श्रोतका अनुसार ढिला गरी पार्टीका डिपि अर्यालले मन्तव्य राखेका थिए ।
त्यस्तै, निर्वाचन आचारसंहिता तथा प्रतिकूल स्वास्थ्य अवस्थाका कारण नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत छहरे बजारमा हुने भनिएको सम्बोधन कार्यक्रम पनि हुन नसकेको जनाइएको छ।
यस विषयमा नुवाकोट क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिनाले क्षमायाचना गर्नुभएको छ। उहाँले दिनभर सभापति लामिछानेको पर्खाइमा रहेका शुभेच्छुक तथा मतदातासमक्ष माफी माग्दै परिस्थितिजन्य कारणले कार्यक्रम प्रभावित भएको स्पष्ट पार्नुभएको हो ।

