सुनको मूल्य घट्यो, चाँदी बढ्यो



काठमाडौं,फागुन १५ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सुन प्रतितोला पाँच सय रुपैयाँले घट्दा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ। चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ।

हिजो छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तथा चाँदी ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो। यस्तै, गत सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ र चाँदी ५ हजार ५ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार १ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्