त्रिशूली नदीमा किशोरको शव फेला



नुवाकोट,फागुन १५ – गत फागुन ६ गते त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय रिबज तामाङको शव फेला परेको छ।म्यागङ गाउँपालिका–५ कल्लाबारी स्थायी घर भई हाल विदुर नगरपालिका–२ बट्टार दम्कीचोकमा बस्दै आएका तामाङ साथीहरूसँग नदीमा पौडी खेल्न गएका थिए। त्यसयता उनको खोजी कार्य जारी रहेको थियो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तामाङको शव त्रिशूली नदीअन्तर्गत देविघाट जलविद्युत आयोजना नजिक सिँचाइ पुल आसपास फेला परेको हो।

बट्टारस्थित शुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत तामाङको खोजीमा स्थानीयवासी, आफन्त, नेपाल प्रहरी, नेपाली सेना तथा तालिमप्राप्त गोताखोरको टोली परिचालन गरिएको थियो। लामो खोजीपछि आज उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्