तेहरान छाड्न इरानको आह्वान, राजधानीमा लगातार विस्फोट



इरान,फागुन १६ । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। इजरायल र संयुक्त राज्य अमेरिकाले आक्रमण जारी राखेको दाबी गर्दै परिषद्ले नागरिकलाई राजधानी छाड्न अनुरोध गरेको हो।

अल जजिरा (Al Jazeera)का अनुसार परिषद्ले हालै जारी गरेको वक्तव्यमा शान्ति र संयमता कायम राख्दै अन्य सहरतर्फ यात्रा गर्न सुझाव दिएको छ। राजधानी तेहरानसहित देशका विभिन्न शहरमा विस्फोटका आवाज सुनिएको बताइएको छ।

सञ्चारमाध्यमका रिपोर्टअनुसार आक्रमणका क्रममा तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयसमेत निशानामा परेको जनाइएको छ। घटनाबारे आधिकारिक क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्