इरानले युएईमा गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु



काठमाडौं,फागुन १७ । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको भएको छ ।

एक नेपालीको मृत्यु भएको जानकारी आएपनि यस बिषयमा विस्तृत जानकारी लिने काम भईरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरान माथि आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ ।

बढ्दो सैन्य गतिविधिको प्रभाव खाडी क्षेत्रसम्म फैलिँदा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली श्रमिक समेत प्रभावित भएका छन् ।

कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन लगायतका देशमा कार्यरत नेपालीहरू त्रासमा छन् ।

प्रतिक्रिया दिनुहोस्