आजदेखि साताव्यापी सार्वजनिक बिदा, उपत्यकाबाट गाउँ फर्कनेको भीड बढ्यो
काठमाडौँ,फागुन १८ — आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ। फागुन १८ र १९ गते होली पर्वका अवसरमा सार्वजनिक बिदा रहेको छ भने फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ। त्यसपछि २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकाले निरन्तर सात दिन बिदा परेको हो।
लामो बिदासँगै निर्वाचनमा मतदान गर्न गाउँ फर्कनेको संख्या उल्लेख्य रूपमा बढेको छ। काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भीड देखिन थालेको छ।
यातायात व्यवसायीका अनुसार लामो दूरीका बसहरूमा अग्रिम टिकट बुकिङ बढेको छ भने केही स्थानमा अतिरिक्त सवारीसाधनसमेत सञ्चालन गरिएको छ। प्रहरीले यात्रुको चापलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन कडा बनाएको जनाएको छ।
निर्वाचन र पर्व एकैसाथ परेकाले यसपटक उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएको

