आजदेखि रसुवागढी नाका बन्द
रसुवा,फागुन १८— प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाल–चीन रसुवागढी सीमानाका अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला सुरक्षा समिति, रसुवाको यही फागुन ७ गतेको निर्णयअनुसार रसुवागढी नाका आज फागुन १८ गते बिहान ७:०० बजेदेखि फागुन २१ गते अपराह्न ५:०० बजेसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ।
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापन सुदृढ पार्ने उद्देश्यले नाका बन्द गर्ने निर्णय गरिएको बताइएको छ। सम्बन्धित सबै सरोकारवाला निकाय, व्यवसायी तथा सर्वसाधारणलाई सो अवधिमा वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।


