टोखा–छहरे सडकमा बसले स्कुटर चालकलाई किच्यो



काठमाडौँ,फागुन १८— टोखा–छहरे सडकखण्डअन्तर्गत टोखा नगरपालिका–१ झोर मालुङ क्षेत्रमा आज बसले स्कुटर चालकलाई किच्दा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७४०७ नम्बरको सामाखुशी यातायातको बसले बा ३५ प २४५२ नम्बरको पठाओ स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा कञ्चनपुर घर बताउने २४ वर्षीय धनीराम योगी घाइते भएका छन्।

घाइते योगीको विनायक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्