मंगलबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो



काठमाडौँ,फागुन १९ — नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।सोमबार प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५ रुपैयाँले कमी हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ५ हजार ३ सय ६५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्