धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज



काठमाडौँ,फागुन १९ — निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।निर्वाचन आयोग, नेपालका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएपछि साहको उम्मेदवारी रद्द गरिएको जानकारी दिए।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालदेखि कालोसूचीमा देखिएको पाइएको छ। साथै, विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी प्रकरणमा पनि उनको नाम कालोसूचीमा परेको विवरणमा उल्लेख रहेको आयोगले जनाएको छ।

आयोगले कानुनी प्रावधानअनुसार उम्मेदवारी खारेज गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्