पुल्चोकको दाउरा थकालीमा आगलागी, नियन्त्रणका लागि टोली परिचालन
ललितपुर,फागुन १९— ललितपुर महानगरपालिका–पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ।आगलागीको कारण र क्षतिको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

