निर्वाचनका दिन सूचना विभागको पास भए पत्रकारलाई निर्वाध रिपोर्टिङको अनुमति
काठमाडौँ,फागुन २०— प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका दिन पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी पासका आधारमा निर्वाध रूपमा रिपोर्टिङ गर्न पाउने भएका छन्।
निर्वाचन आयोग, नेपालका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचनका दिन अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइने भए पनि सञ्चारकर्मीले सूचना विभागको पास भएमा फिल्डमा गएर रिपोर्टिङ गर्न सक्ने व्यवस्था गरिएको छ।आयोगले जारी गरेका अन्य आधिकारिक पासका आधारमा पनि सञ्चारकर्मीले काम गर्न सक्ने उनले बताए।
यसैगरी सूचना तथा प्रसारण विभाग, नेपालका सूचना अधिकारी मीनकुमार शर्माले पत्रकारले रिपोर्टिङका लागि विभागको पास अनिवार्य रूपमा साथमा राख्नुपर्ने जानकारी दिए। सवारीसाधन चलाउने हकमा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको उनले स्पष्ट

