निर्वाचन तयारीबारे आयोगको विशेष पत्रकार सम्मेलन आज
काठमाडौँ,फागुन २०— निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन आज विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
आयोगका अनुसार दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा पत्रकार सम्मेलन हुने तय भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सन्देशसहित ‘ब्रिफिङ’ गर्ने कार्यक्रम रहेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

