निर्वाचन प्रभाव पार्ने गतिविधिमा संलग्न १६० जना पक्राउ
काठमाडौँ,फागुन २० — नेपाल प्रहरीले प्रतिनिधिसभा निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमा संलग्न १६० जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीद्वारा जारी सूचनाअनुसार निर्वाचनविरुद्धका विरोध तथा प्रभाव पार्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै भयरहित र निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई सामूहिक जिम्मेवारीबोधका साथ परिचालन हुन निर्देशन दिएका छन्।
प्रतिनिधिसभा निर्वाचन बिहीबार हुँदैछ।

