रास्वपा नेता बालेन्द्र साहद्वारा मतदान



काठमाडौँ,फागुन २१— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ।

उहाँले बिहीबार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो। झापा–५ बाट उम्मेदवारी दिए पनि उहाँको मतदाता नामावली काठमाडौँमै रहेकाले सोही केन्द्रमा मतदान गर्नुभएको जनाइएको छ।

रास्वपाले नेता साहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। उहाँ पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्