प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान



काठमाडौं,फागुन २१— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्।

उहाँले काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो।

देशभर आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्