अस्पताल निर्माणको माग राख्दै ओखलढुंगामा मतदान बहिष्कार
ओखलढुंगा,फागुन २१ — मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयवासीले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदान बहिष्कार गरेका छन्।
प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका हुन्।
मेखबहादुर मग्रान्तीका अनुसार बिहान ११ बजेसम्म उक्त केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न उपस्थित भएका छैनन्।
उनले भने, “सबै स्थानीयले मतदान बहिष्कार गर्दै कोही पनि मत दिन आएका छैनन्।”
मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कूल १०१ जना मतदाता रहे पनि हालसम्म कसैले पनि मतदान नगरेको जनाइएको छ।

