भक्तपुरमा केपी शर्मा ओलीले गरे मतदान
काठमाडौं,फागुन २१। केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरमा मतदान गरेका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले भक्तपुर निर्वाचन क्षेत्र–२ अन्तर्गत सूर्यविनायक नगरपालिका–स्थित बालकोटको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने झापा जिल्ला क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्। कानुनी व्यवस्थाअनुसार देशको जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाउने प्रावधानका कारण ओलीले झापा–५ बाट उम्मेदवारी दिएका भए पनि उनको मतदाता नामावली भने भक्तपुर–२ मै रहेकाले उनले सोही केन्द्रबाट मतदान गरेका हुन्।

