देशभरका कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग



काठमाडौं,फागुन २१ । निर्वाचन आयोगले देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ।

आयोगकी आयुक्त जानकीकुमारी तुलाधरका अनुसार हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य रोकिएको छैन र सबै स्थानमा सुचारु रूपमा मतदान भइरहेको छ।

मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन्। साथै यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्थासमेत प्रभावकारी बनाइएकाले मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको उनले स्पष्ट पारिन्।

आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनका सबै कार्यहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्