प्रधानमन्त्री कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जित्यो : बालेन्द्र शाह
काठमाडौं,फैसला २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री कार्कीको तस्बिर पोष्ट गर्दै लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।”
निर्वाचन सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरिरहेका छन्।

