ककनी गाउँपालिकामा १३ हजार २२९ मत खस्यो
नुवाकोट,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा पर्ने ककनी गाउँपालिकामा साँझ ५ बजेसम्म १३ हजार २२९ मत खसेको छ।
प्राप्त विवरण अनुसार वडा नम्बर १ मा २ हजार ३०, वडा नम्बर २ मा २ हजार १३५, वडा नम्बर ३ मा १ हजार ८९१, वडा नम्बर ४ मा १ हजार ८३८, वडा नम्बर ५ मा १ हजार ५०३, वडा नम्बर ६ मा १ हजार ४८, वडा नम्बर ७ मा १ हजार ६५४ र वडा नम्बर ८ मा १ हजार १३० मत खसेको जनाइएको छ।
यससँगै साँझ ५ बजेसम्म ककनी गाउँपालिकामा कुल १३ हजार २२९ मत खसेको विवरण सार्वजनिक गरिएको छ। निर्वाचन सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

