लिखु गाउँपालिकामा ९ हजार ५६२ मत खस्यो
नुवाकोट,फागुन २१। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नुवाकोटको लिखु गाउँपालिकामा कुल १५ हजार ४६८ मतदातामध्ये ९ हजार ५६२ मत खसेको छ।
प्राप्त विवरणअनुसार रतन्देउ मतदान केन्द्रमा १ हजार ५० मत खसेको छ भने विद्यानिकेतन मतदान केन्द्रमा ८०४ मत खसेको छ। यस्तै शिवालय मतदान केन्द्रमा १ हजार १६१, नवप्रकाश मतदान केन्द्रमा १ हजार ६३५ र क्षेत्रपाल मतदान केन्द्रमा १ हजार ९४९ मत खसेको छ।
त्यसैगरी वडा नम्बर ५ कार्यालय मतदान केन्द्रमा १ हजार २४० मत खसेको छ भने महेन्द्र मावि मतदान केन्द्रमा १ हजार ७२३ मत खसेको विवरण प्राप्त भएको छ। निर्वाचनको थप विवरण आउन बाँकी रहेको छ।

