पञ्चकन्या गाउँपालिकामा मतदान विवरण सार्वजनिक



नुवाकोट,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नुवाकोटको पञ्चकन्या गाउँपालिकाका विभिन्न वडामा प्रत्यक्ष तथा समानुपातिकतर्फ खसेको मतको विवरण सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार पञ्चकन्या गाउँपालिका–१ मा प्रत्यक्षतर्फ १ हजार १५५ र समानुपातिकतर्फ १ हजार १६१ मत खसेको छ। त्यस्तै पञ्चकन्या–२ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २ हजार ४६५ मत खसेको छ।

पञ्चकन्या–३ मा प्रत्यक्षतर्फ १ हजार ५४८ र समानुपातिकतर्फ १ हजार ५५० मत खसेको छ भने पञ्चकन्या–४ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २ हजार १३८ मत खसेको छ।

त्यसैगरी पञ्चकन्या–५ मा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ १ हजार ८४६ मत खसेको विवरण प्राप्त भएको छ। निर्वाचनसम्बन्धी थप विवरण आउने क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्