धादिङमा ५७.५३ प्रतिशत मतदान, मतपेटिका सङ्कलन जारी
धादिङ,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ जिल्लामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५७.५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव गुरुङले जानकारी दिनुभएको छ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल २ लाख ७५ हजार २ सय ८० मतदाता रहेकामा १ लाख ५८ हजार ३ सय ८४ मत खसेको छ।
निर्वाचन सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

