नुवाकोट क्षेत्र नं. १ मा ७१ हजार ४४४ मत खस्यो, कहाँ कति?
नुवाकोट,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा कुल ७१ हजार ४४४ मत खसेको छ। विभिन्न स्थानीय तहबाट प्राप्त विवरण अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
प्राप्त तथ्याङ्क अनुसार दुप्चेश्वर गाउँपालिकामा १० हजार १९३, शिवपुरी गाउँपालिकामा ११ हजार ५०८, तादी गाउँपालिकामा ८ हजार ९०२, पञ्चकन्या गाउँपालिकामा ९ हजार ४५२, ककनी गाउँपालिकामा १३ हजार ३०४, लिखु गाउँपालिकामा ९ हजार ५८१ र सूर्यगढी गाउँपालिकामा ८ हजार ५०४ मत खसेको छ।
यससँगै नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा कुल ७१ हजार ४४४ मत खसेको निर्वाचन सम्बन्धी स्रोतले जनाएको छ।

