काठमाडौं–६ मा मतगणना सुरु : शिशिर खनाल अग्रस्थानमा



काठमाडौं,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ। हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल अग्रस्थानमा रहेका छन्।

खनालले ५१५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सबुज बानियाँले ३६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ३१० मत पाएका छन्।

मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्