रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता
रुपन्देही,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।
हालसम्मको मतपरिणामअनुसार खरेलले २७७१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले ६०१ मत प्राप्त गरेका छन्। यससँगै खरेल एमालेका पौडेलभन्दा तेब्बर मतान्तरले अगाडि देखिएका छन्।
मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

