झापा–५ मा सुरुवाती मतगणना : रास्वपाका बालेन्द्र शाह अगाडि
झापा, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले अग्रता बनाएका छन्।
गौरादहको कमल गाउँपालिकाको बासबारी मावि मतदान केन्द्र (क) र (ख) तथा गौरादह गाउँपालिकाको मोति मावि मतदान केन्द्र (क) र (ख) मा २४३ मतमध्ये १४० मत गणना हुँदा शाहले ८१४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्दै शाहलाई पछ्याइरहेका छन्। प्रारम्भिक मतगणना जारी रहेको र अन्तिम परिणाम केही समयमा सार्वजनिक हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

