रुपन्देही–२ मा सुरुवाती मतगणनाः रास्वपाको फराकिलो अग्रता
रुपन्देही, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।
सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका–१ को मतअनुसार खरेलले २,७७१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले ६०९ मत प्राप्त गरी खरेलभन्दा २,१६२ मतले पछि छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेलले ३५५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको छ र अन्तिम परिणाम केही समयमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

