बाग्मती प्रदेशमा रास्वपाको नौ स्थानमा अग्रता



काठमाडौँ, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा बाग्मती प्रदेशका केही निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नौ स्थानमा अग्रता बनाएको छ।

अहिलेसम्मको गणनाअनुसार, रास्वपाले नौ स्थानमा अग्रता बनाइरहेको छ भने नेकपा एमालेले तीन स्थानमा अग्रता बनाएको छ। एमालेले काठमाडौँका १० क्षेत्रमध्ये ६, भक्तपुरमा २ र ललितपुरमा १ क्षेत्रमै प्रारम्भिक अग्रता कायम गरेको छ।

मतगणना अझै जारी छ र अन्तिम परिणाम सार्वजनिक हुन समय लाग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्